२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

समृद्ध कर्णालीका लागि छ वटा ‘ब’ आवश्यक : मुख्यमन्त्री शाही



अ+ अ-

वीरेन्द्रनगर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उहाँले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब (बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको छ भन्नुभयो । “यहाँका सबै बस्तीमा यी छ ‘ब’ लाई अबलम्वन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो”, उहाँले भन्नुभयो, ‘यदी कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अबधारण पुर्‍याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु पर्ने अवस्था आउँदैन ।”

मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाइ, सडक, भवन, सरसफाइलगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताउनुभयो । उहाँले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।