२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदकोटका मेयरसहितका जनप्रतिनिधि एमाले परित्याग गर्दै नेकपा एसमा प्रवेश



अ+ अ-

धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि नेकपा एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका ४ जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । वेदकोट नगरपालिका– ३ दैजीमा आयोजित कार्यक्रममा उनीहरुलाई नेता नेपालले पार्टीमा स्वागत गरे ।

उनी पछिल्लो केही महिनायता एमालेसँग असन्तुष्ट रहँदै आएका थिए । उनले पार्टीभित्रबाट पेलानमा परेको कारणले एकीकृत समाजवादी रोजेको बताए ।