२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपति धर्मशाला: गेट भित्र बतासकाे टाेली, बन्द गराउन गएका सरकारी टोली बाहिरै



अ+ अ-

काठमाडौँ । बतास समूहले सरकारी टोलीलाई पशुपति धर्मशालामा प्रवेश गर्न रोकेको छ । सो समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्दै आएको छ । बतासले सरकारी टोलीलाई धर्मशालाको गेटमै रोकेको हो ।

धर्मशाला परिसरभित्र प्रवेश गर्न खोज्दा बतास समूहका प्रतिनिधिले गेट लगाइदिएपछि सरकारी टोली गेटबाहिरै रोकिएका थिए ।

सरकारी टोली प्रवेश गर्नेक्रममा दुवै पक्षबीच केहीबेर भनाभनसमेत भएको थियो । कानूनी उपचारको प्रक्रियामा रहेकोले सर्वोच्च अदालतको अन्तिम फैसला कुर्न आग्रह गर्दै बतास समूहका प्रतिनिधिले सरकारी टोलीलाई परिसर प्रवेश गर्न रोकेका थिए ।

तर सरकारी टोली आफ्नो सम्पत्ति हेर्न पाउनु पर्ने भन्दै परिसरभित्र प्रवेश गर्न खोजेका थिए ।

पशुपति क्षेत्र विकास कोषले सम्झौताअनुसार काम नभएको भन्दै यही चैत १७ गते बतास समूहले गौशालास्थित पशुपति धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँगको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो ।

तर कोषले सम्झौता भङ्ग भएको भनी जानकारीसहितको पठाएको पत्र बतास समूहले लिन मानेको थिएन । पत्र लिन नमानेपछि कोषले सोमबार सार्वजनिक सूचना निकाल्दै होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला खाली गर्न र धर्मशालाभित्र रहेका सामान निकाल्न भनेको थियो ।

बतास समूहले अहिलेसम्म भवन खाली गरेको छैन । त्यसपछि सरकारी टोली शुक्रबार होटलमा ताला लाउन आएको भन्दै बतास समूहले गेटबाट प्रवेश गर्नै नदिएको हो ।