२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था जस्ताको त्यस्तै – अध्यक्ष लिङ्देन



file photo
अ+ अ-

कलैया । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ साल यता व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको बताउनुभएको छ ।

राप्रपा जिल्ला कार्यसमितिद्वारा आयोजित बृहत् आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले मुलुकमा जताततै भ्रष्टाचार, बेरोजगारी, अशिक्षाले जरो गाडिसकेको हुँदा त्यसलाई परिवर्तन गर्न लागि अब ठीक पार्टी एवं ठीक नेतालाई मत हाल्न सबैलाई अपिलसमेत गर्नुभयो ।

अर्थतन्त्रले मुलुक टाट पल्टने अवस्थामा रहे पनि भ्रष्ट नेता र कालोबजारी गर्नेहरु नै धनी भएको भन्दै अध्यक्ष लिङ्देनले उनीहरुको सम्पत्ति पनि छानबिन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले ९४ प्रतिशत सनातन हिन्दू धर्म रहेको नेपालमा धर्म निरपेक्ष राष्ट्र घोषणा गरी हिन्दूहरुको अपमान गरेको आरोप लगाउनुभयो । उहाँले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा जबराले तराई मधेसको यावत समस्या समाधान राप्रपाले नै गर्ने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न पार्टी छाडेका सयौँ कार्यकर्तालाई रापप्रा पार्टी प्रवेश गराइएको थियो । नव प्रवेशीहरुलाई अध्यक्ष लिङ्देनले टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।




भर्खरै