२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँसुमा म बगेँ भने



अ+ अ-

नरोऊ छु म आँखामा आँसुभित्र बगेँ भने
नहाँस ओठमा ओठ जोडिएको छुट्यो भने ।
म साथ साथमा तिम्रो अङ्गालो भित्र भित्र छु
कस्सिएर बसेको छु छातीमा छाती भित्र छु ।।

सल्बलाएर यी हात तिमीभित्र जताततै
नखोज छु तिमी साथ अन्त हुन्न कहीँ कतै ।
हातमा हात यो साथ भित्र बाहिरमा सबै
तिमी भित्र म भित्रै छु बाहिर हुन्न हुन्न है ।।

डाँडा र लेकमा भेटौँ थुम्का र खोँचमा छुपी
नदेखुन् गाउँमा कोही घर भित्र लुकी लुकी ।
दौडँदै उक्लने पाखा मिठो त्यो स्वरको धुन
दङ्ग आफैँ हुने आफू दुवैको एक गुञ्जन ।

समाऊ हात यो मेरो नछाड काँध कन्धनी
बजाऊ यी चुरी हात हातमा अझ छन्छनी ।
लठारी सर्पझैँ वैँस वैँसालु वय मातियो
कसिई बाहुका पास भई दशर्क मात्तियो ।।

झर्नाझैँ लहराभाव केशभित्रै म छोपिऊँ
ढाकिऊँ पोलिऊँ भित्रै भित्र भित्रै म सिद्धिऊँ ।
आफैँ खोजूँ म आफैँमा तिमीभित्र हराउँदा
नभेटिई म आफैँमा स्वर्गमा लहराउँदा ।।