२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले वैशाख ९ गते स्थानीय निर्वाचनको घोषणापत्र जारी गर्ने



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ ।

मंगलवार पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिनुभएको हो । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताउनु भयो । उहाँले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक नेकपा एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताउनु भयो । उहाँले यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिनुभयो ।

उहाँले केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहने घोषणापत्र रहने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटा नै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने पनि बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, ‘हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी गर्ने पिकमा छौँ । किनभने ९ गते हामी जारी गर्दैछौँ । हाम्रा घोषणाहरु दुई किसिमका हुनेछन् यसपटक । एउटा केन्द्रबाट जारी गरिनेछ, त्यो घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ ? भन्ने कुराको नीतिगत निर्देशनको रुपमा जारी हुनेछ । र त्यही प्रतिवद्धताको आधारमा उभिएर ७५३ वटा नै पालिकाले प्रतिवद्धता पत्र जारी गर्दछन् । त्यो प्रतिवद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ । यसरी हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्छौं ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र पतिवद्धता जारी गर्दा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा गरिने प्रतिवद्धताहरुको फरक ठाउँ भएकोले छ्यासमिस गर्न नहुने बताउनु भयो ।