२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी



अ+ अ-

मस्को ‘रूस’ । रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा ‘दोब्बर भन्दा बढी’ सेना थप्ने पनि बताएको छ।

रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल र वायु रक्षा बलहरू बलियो बनाइने कुरा उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपतिको रूपमा सेवा गरेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक भएका छन् यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन्।

यसबाहेक, सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरू बीचको रुसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ।

बिहीबार युक्रेनमा रुसी आक्रमण भएको ५० दिन पूरा भएको छ र मस्कोको दृष्टिकोणमा उल्लेखनीय परिवर्तन भएको छ। युक्रेनी अधिकारीहरूले पूर्वी डोनबास क्षेत्रमा रुसी सेनाले ठूलो आक्रमणको अपेक्षा गरेका केही दिनदेखि चेतावनी दिएका छन्। (रासस/एएनआई)