२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाकुलुङ गाउँपालिका अध्यक्षमा राई सिफारिस



अ+ अ-

सोलुखम्बु । महाकुलुङ गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि नेकपा एमालेबाट भक्त राई सर्वसम्मत सिफारिस भएका छन् ।

एमालेको स्थानीय पालिका कमिटीले पत्रकार पृष्ठभूमिका राईको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

विराटनगरमा रहेर पत्रकारिता गरेका राई पछिल्लो पाँचवर्षदेखि गृहजिल्ला स्थान्तरण भएर पार्टी राजनीतिमा सक्रिय रहँदै आएका थिए । एमालेले पालिका पदाधिकारी टुंगो प्रदेश कमिटीबाट लगाउने मापदण्ड बनाएको छ ।

अर्कोतर्फ, सत्तारुढ गठबन्धनले भने महाकुलुङ गाउँपालिकामा उम्मेद्वार टुंगो लगाउन बाँकी छ ।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष जितेका सागर किराँतीलाई फेरि उम्मेद्वार बनाउने नेकपा माओवादी केन्द्रको तयारी छ भने कांग्रेसले पनि पालिका अध्यक्षमा आफ्नो दाबी छोडेको छैन ।




भर्खरै