२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलमुताइरी रबैया कहिले सम्म ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय टोलीको खेल वा प्रशिक्षणमा प्रशिक्षक सर्वेसर्वा हुन । प्रशिक्षकको निर्देशनमा खेलाडीको खेल्ने शैली बन्छ । तर फुटबलका प्रशिक्षक अबदुल्ला अलमुताइरी खेल वा प्रशिक्षणमा मात्र होइन अन्य विषयमा पनि हावी हुने गरेका छन । शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा पनि उनै बढी सक्रिए भए । त्यति मात्र होइन पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भने । जुन उनको दायरा भन्दा बाहिर थियो ।

दुई चरणमा पत्रकार सम्मेलनमा खेलाडी उपस्थित गराएका अलमुताइरी एउटा सत्रका लागि १० मिनेट दिएका थिए । पहिलो सत्रमा अधिकांश प्रश्नको जवाफ खेलाडी सुजल श्रेष्ठले दिएपछि बाँकी ३ खेलाडीलाई सोध्न नपाउँदै अलमुताइरीले समय सकिएको भन्दै खेलाडीलाई बाहिर पठाए । उनको त्यो प्रस्तुतिले उपस्थित पत्रकार रनभुल्ल बने ।

सबै पेशाका आ–आफ्नो दायित्व र मर्यादा हुन्छन । सर्वाजनिक चासोको विषयमा प्रश्न गर्ने अधिकार पत्रकारसँग रहन्छ । यद्दपी आचारसंहिताको ख्याल उनीहरुले पनि गर्नु पर्छ नै । तर, पत्रकार सम्मेलन सुरु हुन अघि नै निश्चित विषयमा प्रश्न गर्न रोक लगाउने वा नगर्न भन्ने घटना कमै सुनिन्छन । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले शनिबार एएफसी एसियन कप तयारीमा रहेका खेलाडीसँग अन्र्तवार्ता अघि पत्रकारलाई यो सोध्नु र नसोध्नु भन्दै सिकाउँदा उनको हावी नेपाली सञ्चार माध्ययमा छर्लङ भएको हो ।

त्यति मात्र होइन पत्रकार सम्मेलन अघि नै उनले सञ्चारकर्मीलाई खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न भनेका थिए । जव की पत्रकार सम्मेलन नेपाल डेढ महिना पछि हुने एएफसी एसियन कप छनोट खेलको तयारीको विषयमा रहेको थियो । पहिलो दिन नेपाली टोली आसन्न एएफसी एसियन कपमा छनोट हुन सक्दैन भन्दै अभिव्यक्ति दिएका उनले दोस्रो दिन खेलाडीसँगको अन्र्तवार्ता अघि अर्को अपाच्य ब्यवहार देखाएका हुन । १० मिनेट तोकिए पनि एउटै खेलाडीलाई धेरै प्रश्न सोधिकएको भन्दै बीचबाट खेलाडीलाई फोरमाबाट उठाउँदा अलमुताइरीलको अहंमता नांगिएको हो । सँगै फोरमा उपस्थित भएका खेलाडी प्रशिक्षकको हाउभाउ देखेर आफै आश्चर्यमा पनि परेका थिए । खेलाडीका लागि समयको पावन्दी लगाएका अलमुताइरीले यस अघि अघिल्लो दिन आफ्नो पत्रकार सम्मेलनमा भने समय सिमा थिएन । आधा घण्टा भन्द बढी समय पत्रकार सम्मेलनमा विताएका अलमुताइरीले आफ्नो दायरा भन्दा बाहिर गएर फुटबलको सर्बोच्च निकायको कार्यशैलीमा पनि प्रश्न गरेका थिए ।

कहिले अनुसासन त कहिलो अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीसँग झमेलामा फस्ने गरेका छन् । पटक पटक विभिन्न कारणले विवादमा पर्दै आएका छन भने सञ्चार माध्यमको टिका टिप्पणीलाई खरो रुपमा आलोचना गर्दै आएका छन् ।




भर्खरै