२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको मेयरमा कांग्रसबाट १८ जनाको दाबेदारी पेश



अ+ अ-

पोखरा । पोखरा महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट १८ जनाले दाबी गर्दै महानगर समितिमा निवेदन दिएका छन् ।

उम्मेदवारीको लागि दाबेदारी पेश गर्नेमा गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापादेखि पूर्व सचिव तथा अख्तियार प्रमुख सिफारिस भएर पनि नियुक्ति हुन नपाएका बाबुराम आचार्यसम्म छन् ।

कास्की कांग्रेसका अध्यक्ष किशोरदत्त बराल, पूर्वअध्यक्ष कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, डा. परमेश्वर पोखरेल, निर्मलप्रसाद कमाचार्य, सरस्वती गुरुङ, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण विजुक्छे, विश्वशंकर पालिखे, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे र ऋषि सापकोटाले समेत महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुखमा माया बराल, लक्ष्मी पाण्डे, आनन्दी राणा कार्की, रंगिला आचार्य, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मिलन थापा, चिनु गुरुङ शिव केसी र गोविन्द नेपालीले आकांक्षा राखेका छन् ।