२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा



अ+ अ-

काठमाडौँ । साताको कारोबार भएको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.८२ अंक घटेर ४४४.१५ विन्दुमा झरेको छ भने फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६२ अंकले घटेको छ ।

सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढेको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । निर्जीवन बीमा, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर र जाल्पा लघुवित्तको शेयरमूल्य बढेको छ । यता, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन उर्जा विकास कम्पनी घटेको छ ।

कारोबार रकमका आधारमा ४ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री नबिल बैंक शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।