२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पतालको शैयाबाट सत्यमोहनको सन्देश



अ+ अ-

काठमाडौं । किस्ट अस्पताल ग्वार्कोको ७३२ नम्वर क्याविनमा उपचार गराईरहनुभएका शताव्दी पुरुष सत्यमोहन जोशीलाई आफू बिरामी भएर बस्पताल बसेको जस्तो पनि लागेको छैन । सोमबार उहाँलाई भेट्न पुगेका शुभचिन्तकहरुसँग भन्नुभयो “यसपाली विरामी हुँदा अलि कमजोर भएको छुू, तर आत्मवल कमजोर भएको छैन है ।”

बेडमा बसेर हरियो काँक्रोको गुदीका ससाना टुक्रा खाँदै उहाँले भन्नुभयो “अब ठिक भएर केही दिनमा घर फर्कन्छु ।” १०२ वर्ष पुरा भई आउदो ३० गतेबाट १०३ बर्षमा प्रबेश गर्न लाग्नुहुने शताव्दी पुरुष, संस्कृतिविद् डा.सत्यमोहन जोशी यतिबेला ग्वार्कोमा रहेको किस्ट अस्पताल उपचाररत हुनुहुन्छ ।

मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएपछि अस्पताल भर्ना हुनु भएको थियो । विगत तीन वर्षदेखि किस्ट अस्पतालले जोशीको उपचार गरिरहेको छ । वैसाख १ गतेदेखि मुटुको चालमा गडबडी र पिसाबको संक्रमण भएपछि उहाँलाई उपचारको लागि किस्ट अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँलाई तीन दिन आईसियूमा राखेर उपचार गरिएको र स्वास्थ्यमा सुधार भएपछि सोमबारबाट क्याविनमा सारिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यका अनुसार भर्ना हुँदा उहाँको मुत्र प्रणालीमा संक्रमण र मुटुको चालमा समेत गडबडी भएतापनि हाल स्थिति सन्तोषजनक रहेको छ ।

तर आफूलाई बिमार भएजस्तो नलागेको सन्देश थियो उहाँको । र भेट्न पुग्ने शुभचिन्तकहरुलाई उहाँले आफू छिट्टै निको भएर फर्किने सन्देश दिँदै हुनुहुन्थ्यो ।