२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अड्कियो गठबन्धनको गाँठो: देउवालाई सकस, आज पुनः बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनको गाँठो पोखरा महानगरमा पुगेर अड्किएको छ । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गर्ने क्रममा पोखरा महानगर कसले पाउने भन्नेमा पुगेर अड्किएको हो ।

खासगरी पोखरा महानगरमा नेपाली कांग्रेस र नेकपा एस दुवैले दाबी गरेपछि विवाद उत्पन्न भएको हो । सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि यस विषयमा सहमति जुट्न सकेन । त्यसपछि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका समाचारमा जनाइएको छ ।

हिजोको बालुवाटार बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश गर्ने भनिएको थियो । जसअनुसार ५ वटा महानगरको भागवण्डामा भने सहमति नजिक पुगेको बताइएको छ । जसअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउने प्रारम्भिक सहमति भएको छ । तर पोखरामा भने नेकपा एसको दाबी छ ।

यसअघि एमालेले जितेका स्थानमा आफूहरुको दाबी हुने नेकपा एसले यसअघि नै भनेको थियो । त्यसमा कांग्रेसले पनि दाबी गरेको छ । कांग्रेसले यसअघिको मत परिणामका आधारमा यहाँ आफ्नो दाबी प्रस्तुत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई पोखरा कुनै पनि हालतमा नछोड्न पोखराका नेता कार्यकर्ताहरुबाटै दबाब छ ।

उनीहरुले कुनै पनि हालतमा पोखरा नछोड्न भनिरहेका छन् । जसका कारण सभापति देउवा पनि अप्ठेरोमा परेको बुझिएको छ । यसका लागि आज नै बैठक बस्ने भनिएको छ । एकजना कांग्रेस नेताले भने– हामी आज बैठक गरेर यो विषयमा टुंग्याउने छौँ । उनका अनुसार आजको बैठकले उपमहानगर पनि आजको बैठकमा टुंग्याइने छ ।