२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै स्थानीय तहको ठेक्कापट्टामा संलग्न भएको भए उम्मेदवार बन्न नपाइने (आदेश सहित)



अ+ अ-

काठमाडौँ । आफ्नै स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेको व्यक्तिले उम्मेदवार बन्न नपाउने सर्वोच्च अदालतले स्पष्ट गरेको छ । निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई व्याख्या गर्दै सर्वोच्चले अन्य स्थानीय तहमा ठेक्कापट्टामा संलग्न भएको अवस्थामा उम्मेदवारी दिन कुनै रोकावट नहुने बताएको छ ।

ठेक्कापट्टामा संलग्न उम्मेदवार हुन पाउने भन्ने प्रावधानमाथि निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा देखिएको केही द्विविधालाई सर्वोच्चले व्याख्या गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासले आफ्नो मतदाता नामावली भएको बाहेकका स्थानीय तहमा ठेक्का लिएको भए उम्मेदवारी दिन सकिने आदेश जारी गरेको छ । आदेशानुसार ठेक्कापट्टा भएको स्थानीय तहमा भने उम्मेदवार हुन पाइने छैन ।

मतदाता नामावली भएको स्थानीय तहबाट मात्रै स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने व्यवस्था छ । सोअनुसार आफ्नो स्थानीय तहमा ठेक्कापट्टामा संलग्न रहेको भए उम्मेदवार बन्न पाइने छैन ।




भर्खरै