२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली उत्पादन चीन निर्यातमा सघाउने राजदूत हउको आश्वासन



अ+ अ-

काठमाडौँ । नेपालका लागि चीनका राजदूत हउ यान्छीले नेपाली उत्पादन चीन निर्यातमा सघाउने आश्वासन दिनुभएको छ ।

श्रव्यदृश्यका माध्यमबाट आज पत्रकार सम्मेलन गर्दै उहाँले नेपाली पक्षले भूमि बन्दरगाहबाट चीनतर्फ निर्यात पुनः सुरु गर्ने चाहनालाई चिनियाँ पक्षले निकै महत्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस सम्बन्धमा दुवै पक्षका सम्बन्धित निकाय, छिमेकी प्रदेश र सीमा बन्दरगाहका अधिकारीले सञ्चार र समन्वय गरिरहेका छन् । दुवै पक्षले कूटनीतिक माध्यमबाट उपयुक्त समयमा सीमासम्बन्धी मामिलाहरूमा परामर्श गर्न, सीमासम्बन्धी मामिला र हाम्रा दुई देशबीचको सहकार्यलाई व्यवस्थित बनाउन समन्वय गरिरहेका छन् ।”

कोभिड–१९ महामारीबाट मुक्त भई नेपालको अर्थतन्त्र र समाज सामान्य अवस्थामा फर्किएपछि चीन र नेपालबीचको सहकार्यले गति लिने विश्वास व्यक्त गर्दै चिनियाँ राजदूतले नेपाली पक्षले निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्न, चिनियाँ उद्यमहरूको वैधानिक हक र हितको पूर्ण संरक्षण गर्न तथा उनीहरूका व्यावहारिक समस्याहरू समाधान गर्न मद्दत गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो ।

नेपाल र चीनबीचको सिधा उडान पुनः सुञ्चालन हुने र नेपाली विद्यार्थीलाई चीन फर्काउने विषयमा उहाँले भन्नुभयो, “महामारीको सामना गर्दा विद्यार्थीका लागि विद्यालयमा फर्किनु अन्तर्राष्ट्रिय रूपमा सामान्य समस्या हो । यसअघि महामारीको रोकथाम र नियन्त्रणका लागि नेपाली पक्षले अधिकांश देशसँगको अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेपछि नेपाल–चीनबीचको सिधा उडान हालसम्म बन्द भएको छ ।”

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कहिल्यै भूराजनीतिक रणनीति नभएको स्पष्ट गर्दै चिनियाँ राजदूतले नेपालजस्ता विकासशील देशहरूलाई दिगो विकासको लक्ष्य हासिल तथा साझा समृद्धि प्रवद्र्धधनमा सघाउने परियोजना भएको बताउनुभयो ।