२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल इतिहासमै मुम्बईको खराब प्रदर्शन, लगातार आठौं हार



अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को ३७ औँ खेलमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा लखनउले १ सय ६८ रनको सफलताको रक्षा गरेको थियो ।

लखनउका बलरहरूले मुम्बईका ब्याट्सम्यानलाई १३२ रनको स्कोरमा रोकेर खेल जिताए । लखनउ यो सिजनमा यो पाँचौं जित निकाल्दै अंक तालिकाको चौंथो स्थानमा उक्लिएको छ । अर्कोतर्फ मुम्बईको टोली लगातार आठ खेलमा हार बेहोरेर प्लेअफको दौडबाट झण्डै बाहिरिएको छ ।

लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले राम्रो सुरुवात गर्दै पहिलो पावरप्लेमा कुनै विकेट नगुमाई ४३ रन बनाएको थियो । यसपछि इशान किशनको ब्याट फेरि चल्न सकेन । उनी आठौं ओभरमा २० बलमा आठ रन बनाएर आउट भए । यस पटक पनि डेवाल्ड ब्रेभिस असफल भए । उनी अर्को ओभरमा तीन रन बनाएर आउट भए । क्रुणाल पाण्ड्याले रोहित शर्मालाई ३९ रनमा पेभिलियन पठाए । सूर्यकुमार यादव पनि छिट्टै पेभिलियन फर्किए । उनलाई बडोनीले ७ रनमा आउट गरे ।

१८ रनमा शीर्ष चार विकेट गुमाएको मुम्बईको टोली समस्यामा परेको थियो । तर, तिलक वर्माले केरोन पोलार्डसँग पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गरे । यद्यपि, त्यो पनि पर्याप्त भएन । तिलक १८ औं ओभरमा ३८ रन बनाएर आउट भए । अन्तिम ओभरमा मुम्बईलाई जितका लागि ३९ रन चाहिएको थियो र क्रुणाल पाण्ड्याले दुई विकेट लिएर खेल लखनउको पोल्टामा पुर्याए ।

यसअघि मुम्बईले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । लखनउको सुरुवात राम्रो हुन सकेन । २७ रनको स्कोरमा उसलाई पहिलो झट्का लाग्यो । क्विन्टन डी कक १० रन बनाएर आउट भए । केएल राहुल र मनिष पाण्डेले इनिङलाई सम्हाले र दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । तर, मनिष २२ रन बनाएर आउट भए । त्यसपछि मार्कस स्टोइनिस र क्रुणाल पाण्ड्या पनि सस्तोमा पेभिलियन फर्किए ।

लखनउ एक समयमा १०३ रनमा चार विकेट गुमाएर समस्यामा परेको थियो । तर, राहुलले रन बनाएर टोलीको स्कोरलाई अगाडि बढाउने काम जारी राखे । यस अवधिमा उनले आफ्नो शतक पूरा गरे र टोलीको स्कोर १६८ मा पुर्याए । राहुलले ६२ बलमा १०३ रन बनाएर अविजित रहे । यो सिजनको उनको दोस्रो शतक थियो र दुवै शतक उनले मुम्बईविरुद्ध बनाए ।

आजको खेलः पञ्जाब किंग्सविरुद्ध चेन्नई सुपर किंग्स – ७ः४५ बजे

 

 




भर्खरै