२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक नगर्ने



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि केन्द्रबाट घोषणा पत्र वा प्रतिवद्धता पत्र सार्वजनिक नगर्ने भएको छ ।

अधिकांश ठूला पार्टीले तामझामका साथ घोषणा पत्र सार्वजनिक गरेपनि माओवादी केन्द्रले भने स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने जनाएको हो ।

माओवादीले स्थानीय तहको निर्वाचनका लागि गत चैत २२ मा अपिल सार्वजनिक गरेको थियो । सोही अपिल अनुसार स्थानीय तहले आ–आफ्नो घोषणा पत्र बनाउने भएको हो ।

माओवादीले जारी गरेको अपिलमा टोल–टोलमा सहकारी र घर–घरमा रोजगारीको व्यवस्था गर्ने, एक टोल एक उद्यम–एक टोल एक उत्पादन, बेरोजगारी अन्त्य, गरिबी निवारण कार्यक्रम लागू गर्नेजस्ता नीतिगत विषय समेटिएका छन् ।

ती नीति अन्तर्गत नै रहेर माओवादीका कमिटीहरुले घोषणा पत्र बनाउने बताइएको छ ।