२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एसइईमा परीक्षामा देखिएको समस्या समाधान हुन्छ’



अ+ अ-

चितवन । शिक्षा तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा देखिएका समस्या छलफलबाट समाधान गर्दै जाने बताउनुभएको छ । यहाँस्थित लक्ष्मी मावि लङ्कुमा सञ्चालित एसइई परीक्षा निरीक्षणपछि आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एसइई परीक्षामा सामान्य केही समस्या देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही प्रश्नपत्रहरुमा शिक्षकहरुको समेत गुनासो आएको छ । यसलाई हामी समीक्षा गर्छौं ।” देशैभर एसइई शान्त रुपमा भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीले राम्रै परिणाम ल्याउँछन् ।” कोभिडका कारणले परेको असरलाई शिक्षण तलमाथि नहुने गरी सम्पूर्ण प्रक्रिया अघि बढाएको उहाँको भनाइ थियो ।

अर्को प्रसङ्गमा बोल्दै उहाँले चितवनमा निर्माण हुने भनिएको शिक्षक अस्पतालको काम प्रभावकारी तवरले अघि बढेको बताउनुभयो । कानुनी प्रक्रिया, जग्गा प्राप्ति बजेटको सुनिश्चितता लगायतको काम भइसकेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले गठबन्धनले निर्वाचनलाई प्रभावकारी रुपले अगाडि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै ठाउँमा मिलेको छ । नमिलेको ठाउँमा पनि आज, भोलि १६ गतेसम्म मिलाउने गरी तयारी भइरहेको छ ।” बागी उम्मेदवारी दिनु राम्रो संस्कृति नभएको भन्दै उहाँले जुनसुकै दलभित्र पनि बागी देखा पर्नु र बागीको नाममा बार्गेनिङ गर्नु चाहिँ दलीय प्रणाली निर्वाचन आयोग, लोकतान्त्रिक मूल्यमान्यता र नैतिकताभित्र पर्ने कुरा नभएको बताउनुभयो । बागी उम्मेदवारहरुलाई आफ्नो दलले तुरुन्त फिर्ता बोलाएर दलहरुको सहमतिका आधारमा तय भएका उम्मेदवारलाई मात्रै राख्नुपर्ने उहाँको भनाइ छ ।