२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश आन्दोलनप्रति राज्यले वैरभाव राख्यो– महन्थ ठाकुर



अ+ अ-

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले परिवर्तन र अधिकारका खातिर गरिएको मधेश आन्दोलनप्रति राज्यले वैरभाव राखेको बताउनुभएको छ ।

यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले मधेश आन्दोलनका अगुवाहरूलाई राज्यले अहिले पनि झूटो आरोपमा जेलमा राखेको आरोप लगाउनुभयो ।

संविधान जारी गर्दा सहमति गरेको कुरा संविधानमा नआएको भन्दै उहाँले भन्नुभयो, “त्यसमा हाम्रो कुरा नसुनिएपछि सडकमा आयौँ, छ महिनासम्म आन्दोलन गर्यौँ, आन्दोलनका अगुवाहरु अहिले पनि जेलमा छन्, सांसद नै जेलमा छन्, राज्यले झुटो आरोप लगाएर फसाएको छ ।”

मधेश आन्दोलनका बारेमा विभिन्न मानवअधिकारवादी संस्थाहरुको प्रतिवेदनमा पनि राज्यले ज्यादति गरेको उल्लेख गरिएको उहाँको भनाइ थियो ।

आफ्नो मागमा आन्दोलनको अध्ययन गर्न निष्पक्ष छानबिन गर्न आयोग बने पनि अहिलेसम्म सरकारले त्यसको प्रतिवेदन सार्वजनिक नगरेको उहाँले बताउनुभयो ।