२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाएकोप्रति दीपकराज गिरीको प्रधानमन्त्रीमाथी व्यङ्ग्य प्रहार



अ+ अ-

काठमाडौँ । कलाकार दीपकराज गिरीले तेस्रो वरियताका अतिरिक्त महानिरीक्षक धीरजप्रताप सिंहलाई महानिरीक्षक बनाए भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जालमा कलाकार गिरीले प्रधानमन्त्री देउवालाई प्रधानाध्यापक भएको भए सधैँ थर्ड ब्वाइलाई फस्र्ट ब्वाइ बनाइदिने रहेछन् भनी व्यङ्ग्य गरेका हुन् ।

उनले भनेका छन्, “धन्न शेर बहादुर प्रधानमन्त्री भएछन्, प्रधान अध्यापक भएका भए सधैँ थर्ड ब्वाइ लाइ फष्ट ब्वाइ बनाइदिने रहेछन ।”

आइतबार सरकारले तेस्रो बरियतामा रहेका सिंहलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो । पहिलो बरियतामा विश्वराज पोखरेल र दोस्रो बरियतामा नहकुल थापालाई पाखा लगाउँदै सिंह महानिरीक्षक बनेका थिए ।