२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी



अ+ अ-

महोत्तरी । लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ । चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन् ।

“खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ” बर्दिबास नगरपालिका–९ पशुपतिनगरका महेन्द्र महतोले भन्नुभयो । वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उहाँले बताउनुभयो । वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ । तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका–४ रामनगरका चन्देश्वर राय दनुवारले बताउनुभयो ।

वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन् । लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ । “वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको छ”, भङ्गाहा–४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भन्नुहुन्छ, “खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन् ।”

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन् । वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ । बर्दिबास–७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकी भन्नुहुन्छ, “प्रचारमा वर्षाले असर ग¥यो ।”