२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन खेलको ९ औं मिनेटमा ब्रुनो फर्नान्डेज, ६१ औं मिनेटमा क्रिस्टियानो रोनाल्डो (पेनाल्टी) र ७२ औं मिनेटमा राफायल भारानले गोल गरे ।

जितसँगै ३६ खेलबाट ५८ अंकसहित युनाइटेड अंकतालिकाको छैटौं स्थानमा रहेको छ भने ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंकसहित १४ औं स्थानमा रहेको छ ।