२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप झण्डै सात हजार नयाँ सङ्क्रमित



अ+ अ-

भारत ।  मा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन् । 

सोही अवधिमा अरु १८० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९२ हजार  ४७२ रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १६ हजार ८९४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ ।  ९रासस÷एएनआई०