२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव



Navin Sriwastava
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव
अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदूतका लागि भारत सरकारले नवीन श्रीवास्तवलाई औपचारिरुपमा प्रस्ताव गरेको छ ।

भारतीय अखबार ‘द हिन्दुस्तान टाइम्स’ का अनुसार श्रीवास्तवलाई नेपालका लागि राजदूतमा पठाउन लागिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गते पर्ने बुद्ध जयन्तीका अवसरमा गर्नुहुने नेपाल भ्रमण अगावै भारतले काठमाडौँमा नयाँ राजदूत पठाउन लागेको बताइएको छ ।

भारतीय विदेश मन्त्रालयमा पूर्वी एसिया डिभिजन हेर्ने श्रीवास्तवले दुई वर्षअघि लद्दाखमा चीनसँग सुरु भएको सीमा विवाद विषय सुल्झाउन कूटनीतिक र सैनिक संवादमा उल्लेखनीय भूमिका खेलेका थिए ।

यसअघिका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवमा पदोन्नति भई कार्यभार सम्हाले पछि नेपालमा भारतीय राजदूतको पद रिक्त छ ।

वर्तमान अवस्थामा श्रीवास्तवले भारतीय विदेश मन्त्रालयलमा रहेर चीन, जापान, उत्तर र दक्षिण कोरिया तथा मंगोलिया मामिला हेर्दै आएका छन् । उनी चीन मामिलामा अनुभवी कूटनीतिज्ञ भएको भारतीय सञ्चार माध्यमहरुले बताउँदै आएका छन् । उनले चीनको सांघाईमा भारतीय कन्सुलर जनरलको रुपमा काम गरिसकेका छन् ।