२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानको बाघलान र बाघिस प्रान्तमा बाढीका कारण आठ जनाको मृत्यु



अ+ अ-

पुल्खुमरी । अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका छन् ।

उत्तरी बाघलान प्रान्तको दहनाघोरी जिल्लामा बुधबार राति आएको अविरल वर्षा र आँधीका कारण कैयौं गाउँमा आएको बाढीमा परी चार जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।

बाढीले करिब ९०० घरलाई पनि नराम्ररी क्षति पुर्याएको वा बगाएको अधिकारीले बताएका छन् । बुधबार राति आएको बाढीका कारण करिब ९ हजार एकड खेतबारीमा क्षति पुगेको अधिकारीले जानकारी दिए ।

त्यसैगरी, बुधबार पश्चिमी बाघिस प्रान्तको कादिस र घोरमाच जिल्लाहरूमा भीषण बाढीले दुई बालबालिकासहित चार जनाको ज्यान गएको र पाँच जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी बरिदाद साबिरीले जानकारी दिएका छन्।

अधिकारीहरुका अनुसार मङ्गलबार पनि उत्तरी फर्याबमा दुई जनाको र पूर्वी परवान प्रान्तमा दुई जनाको बाढीले ज्यान लगेको छ। राजधानी काबुललगायत युद्धग्रस्त अफगानिस्तानका केही भागमा मङ्गलबार र बुधबार मुसलधारे पानी परेको छ ।