२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुरजीले भन्दा पहिले मैले नै गठबन्धनको आह्वान गरेको हो – वरिष्ठ नेता पौडेल



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानकै चाहनाअनुसार संयुक्त सरकार बनेको दाबी गरेका छन् ।

पाँच दलीय गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता पौडेलले भने ‘संविधानको चाहना र मागर्दशनबाट आज संयुक्त सरकारको यो गठबन्धनको आवश्यकता देशलाई परेको छ । मलाई साथीहरुले भन्नुहुन्छ, त शेरबहादुरसँग मिल्न गएर उसकै लाइनमा गइस् । म भन्छु त्यसो होइन, शेरबहादुरजीले भन्दा पहिले मैलो गठबन्धनको आह्वान गरेको हुँ ।’

यस्तै, एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीप्रति आरोप लगाउँदै उनले भने ‘अहिले केपी ओली निरंकुशतातर्फ बढ्दै थिए, जनमतलाई घोर दुरुपयोग गरेर संपूर्ण शक्ति हातमा लिई मुलुकमा तानाशाही लाद्न खोजेको अवस्थामा कांग्रेसको विरोध एमाले पार्टीसँग हो, प्रचण्डको पार्टीसँग कांग्रेसको विरोध होइन ।’

नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी केन्द्रसँग नभई नेकपा एमालेको केपी ओली प्रवृत्तिसँग हो भन्दै उनले नेपालको लोकतन्त्र, राजनीतिक स्थिरतालाई खलबल्याउन केपी ओली निमित्त नायक बनेको आरोप लगाए ।

“केपी ओलीले जसरी मुलुकलाई अस्थिर दिशातिर लागेका छन् त्यसलाई अन्त्य गर्न माओवादीसँग सहकार्य गर्नु आजको परिस्थिति हो”, उनले भने ।

नेता पौडेलले चितवनको चुनाव राष्ट्रिय चर्चाको विषय भएको र नेपाली कांग्रेसकै केही साथीहरुले प्रश्न उठाएको बताए ।

“मैले केही कुरा गरौँ भन्दा असन्तुष्ट साथीहरु धैर्य राख्न नसकेर चाँडै फर्कनुभयो”, उनले भने, “उहाँहरुले भावना र उत्तेजनामा असन्तुष्टि व्यक्त गर्नुभयो ।”