२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तेइस सिट ल्याउने पार्टीका अध्यक्ष ढोडका लौराहरु टेकेर सरकार चलाउँदै हुनुहुन्छ’



file
अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाप्रति कटाक्ष गर्दै ढोडको लौरो टेकेर सरकार गठन गरेको आरोप लगाएका छन् ।

कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘सरकारमा पुगेपछि आफ्ना मान्छेलाई व्यवस्थापन गर्ने बाँडीचुँडी खानका लागि गठबन्धन बनेको हो । यो गठबन्धन कसरी बनेको थियो हामीले ध्यान दिनु जरुरी छ ।’

ओलीले अगाडी भने ‘ आज २७५ सिट र १६५ प्रत्यक्ष निर्वाचन भएको देशमा, त्यो संसदमा, २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष अरु विभिन्न प्रकारका ढोडका लौराहरु टेकेर सरकार गठन गर्दै हुनुहुन्छ र हिँड्न खोज्दै हुनुहुन्छ ।’

यस्तै, ओलीले अहिलेको सरकारलाई परमादेशी सरकारको संज्ञा दिँदै आगामी स्थानीय निर्वाचनमा त्यसलाई विदाई गर्ने सन्देश दिनुपर्ने बताउँदै एमालेको विजयलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

विकास र समृद्धिका कुरामा बढी समय खर्चिएका ओलीले कैलालीका १३ स्थानीय तहमा एमालेले विजय प्राप्त गर्नेमा ढुक्क भएको बताए।

आफूहरू प्रति विभिन्न कोणबाट आक्रमण भइरहेको तर त्यस्ता आक्रमणको विद्रोह भइरहेका कारण देशमा अबको आवश्यकता एमाले भएको प्रस्ट भइसकेको ओलीले दाबी गरे ।