२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह



अ+ अ-

रसुवा । मुख्य निर्वाचन अधिकृत कार्यालयले निर्वाचन आचार संहितालाई पूर्णरूपमा पालना गर्न राजनीतिक दललगायत सबै पक्षलाई आग्रह गरेको छ ।

कार्यालयले एक अपिल जारी गर्दै राजनीतिक दल तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको भन्ने जनगुनासो बढेको जनाउँदै यसको पूर्णरूपमा पालना गर्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको हो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले शान्ति पूर्ण तवरले निर्वाचन सम्पन्न गर्ने गराउने कार्यमा सबै पक्षबाट सहयोग मिल्नेमा पूर्ण आशावादी रहेको बताउनुभयो ।

यसैबीच नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका ११ राजनीतिक दल मतदाताको घर घरमा पुग्न थालेका छन् । माइकिङ तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै ती दलका नेता तथा कार्यकर्ता जुटिरहेका छन् ।

जिल्लामा पाँच गाउँपालिकामा २७ वडा छन् । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आसन्न निर्वाचमा कूल ३८ हजार ५४५ ले ३४ मतदानस्थलको ५१ केन्द्रबाट मतदान गर्ने छन् ।

स्थानीय प्रशासनले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याएको छ । प्रशासनले मदिरा बिक्री वितरणमा रोक लगाउँदै उम्मेदवार तथा कार्यकर्ता चुनाव प्रसारमा जाँदा आलोपालो गर्न अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसी र जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले निर्वाचन केन्द्रित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिनुभयो । रासस