२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिम्बावे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल तीन विकेटले पराजित



अ+ अ-

काठमाडौं । नेपाल पहिलो एक दिवसिय अभ्यास खेलमा जिम्बावे ‘ए’सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल जिम्बावे ए सँग तीन विकेटले पराजित भएको हो । नेपालले दिएको १३७ रनको सामान्य लक्ष्य जिम्बावे ए ले २६ ओभरमा सात विकेट गुमाउँदै पुरा ग-यो ।

जिम्बावे ए का लागि इनोसेन्ट कैयाले सर्वाधिक ४८ रनको योगदान दिए । उनी ४८ बलमा चार चौका र एक छक्कासहित ४८ रनमा अविजित रहे । त्यसैगरी चेपाश झुवायाले ३२ रन जोड्दा ब्राड इभान्सले १७ तथा रोय कैयाले १४ रन जोडे ।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए ।

त्यसैगरी करण केसीले २५ रन बनाए भने कुशल भुर्तेल १९ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरीले १८, आरिफ शेखले पाँच तथा रोहित पौडेलले तीन रन जोडे । जिम्बावे ए का ब्राड इभान्सले सर्वाधिक चार विकेट लिए भने भिक्टर न्याउची, ब्रेन्डन मभुताले र चेपाश झुवाओले समान २/२ विकेट लिए । आइसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग दुईअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलिरहेको हो । दोस्रो एकदिवसिय अभ्यास खेल शनिबार हुनेछ ।




भर्खरै