२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४८.७३ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ५० अंकले गिरावट आएको छ ।

सोमबार शेयर बजार मापक नेप्से परिसूचक ४८.७३ अंक घटेर २३०७.४४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६१ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख ७८ हजार कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक गिरावट आएको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक, अन्य, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन् । जीवन बीमा, लगानी, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

सोमबार नेप्से परिसूचक ओरालो लागेपनि जाल्पा लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २ प्रतिशत बढेको छ । तर यता नेपाल फाइनान्सको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा ४ करोड ७३ लाख ५६ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरी र नेपाल फाइनान्सको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।