२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि



अ+ अ-

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोनाजन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका छन् ।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ले शुक्रबारको अंकमा सो समाचार दिएको छ । सो पत्रिकाले पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरु कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाएको छ । सो पत्रिकाले बिहीबार मात्र यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालको हो । तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ ।

यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ । कोरोनाका संक्रमित गएको बिहीबार मात्र यहाँ ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।