२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एक करोड तीस लाखभन्दा बढी बालबालिकामा कोरोना संक्रमित



अ+ अ-

लस एन्जलस ।अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) र बाल अस्पताल संघको पछिल्लो प्रतिवेदनअनुसार महामारीको शुरुवातदेखि संयुक्त राज्यअमेरिकामा १ करोड ३० लाखभन्दा बढी बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ।

सोमबार अबेर प्रकाशित प्रतिवेदन अनुसार मे ५ सम्म सातामा ६२,००० भन्दा बढी बालबालिका सङ्क्रमित भएको पाइएको छ जुन दुई हप्ता अघिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो।

विगत ४ हप्तामा झण्डै १८६,००० बालबालिका कोभिड-१९ बाट सङ्क्रमित भएका छन्। सन् २०२२ मा करिब ५२ लाख बालबालिकामा सङ्क्रमण थपिएको प्रतिवेदनले देखाएको छ।

नयाँ भेरियन्टहरूसँग सम्बन्धित रोगको गम्भीरताका साथै सम्भावित दीर्घकालीन प्रभावहरू मूल्याङ्कन गर्न थप उमेर विशिष्ट डेटा सङ्कलन गर्न आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

‘बालबालिकाको स्वास्थ्यमा महामारीको तत्काल प्रभावहरू छन् भनेर पहिचान गर्नु महत्त्वपूर्ण र हामीले यस पुस्ताका बालबालिका र युवाहरूको शारीरिक, मानसिक र सामाजिक सुरक्षामा दीर्घकालीन प्रभावहरू पहिचान र सम्बोधन गर्न आवश्यक छ’ प्रतिवेदनमा उल्लेख गरिएको छ।