२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोलिभियामा भागदौड मच्चिँदा ४ जनाको मृत्यु, दर्जनौँ घाइते



अ+ अ-

बोलिभियो । बोलिभियाको पोटोसी शहरमा भागदौड मच्चिँदा अश्रु ग्यास ग्रेनेड विस्फोट हुँदा कम्तीमा चार विद्यार्थीको मृत्यु हुनाको साथै ५० जना घाइते भएको स्थानीय प्रहरीले सोमबार उल्लेख गरेको छ।

टोमस फ्रियास अटोनोमस युनिभर्सिटीमा आगामी विद्यार्थी परिषद्को निर्वाचनलाई लिएर विश्वविद्यालयको मैदानमा विद्यार्थी सभा गरिरहेका बेला उक्त घटना भएको हो ।

विश्वविद्यालयका रेक्टर पेड्रो लोपेजले पत्रकारहरूलाई दिएको जनाकारी अनुसार धेरै घाइते विद्यार्थीहरू सघन उपचार कक्षमा छन् । उनले मृत्यु हुनेको संख्या बढी हुने सम्भावनालाई अस्वीकार गरेका छैनन् ।

एरेनामा ग्यास ग्रेनेड विस्फोटको बारेमा प्रारम्भिक जानकारी पुष्टि गर्न अनुसन्धान चलिरहेको लोपेजले बताएका छन् ।