२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक



अ+ अ-

म्याग्दी । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहानसम्म म्याग्दीका विभिन्न १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई वडामा विजयी भएका छन् । धौलागिरि गाउँपालिका–१ गुर्जामा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध हुनुभएको छ ।

अन्नपूर्ण गाउँपालिका–१ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजाले ३३२ र वडा नम्बर २ मा साही पार्टीका ओमप्रकाश फगामीले ३२९ मत ल्याएर निर्वाचित भएका निर्वाचन अधिकृत जानुका सुवेदीले बताउनुभयो ।

मालिका गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका टङ्कप्रसाद पुनले ४६२ मत, वडा नम्बर २ मा एमालेका उदयकुमार बुढाथोकीले ७५१ र वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढाले ३४५ मत ल्याएर विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो ।

यसैगरी मालिका–४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

रघुगङ्गा गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी विजयी हुनुभएको छ । मङ्गला गाउँपालिका–१ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीकाका धनबहादुर खाती क्षेत्री विजयी हुनुभएको छ ।

धौलागिरि गाउँपालिका–२ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित हुनुभएको छ । छवटै स्थानीय तहको मतगणना जारी छ । बेनीको मेयरमा एमाले, उपमेयरमा माओवादी, मङ्गला र अन्नपूर्णमा एमाले, मालिका, धौलागिरि र रघुगङ्गा गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका छन्

। कूल ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार ५४३ मत खसेको थियो । जिल्लामा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । रासस