२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी



अ+ अ-

काठमाडौँ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलै विजयी भएको छ ।

वडाध्यक्षका उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको हो । उनले २८८ मतसहित विजय हासिल गरेका हुन् । कामीसँग नेपाली कांग्रेसका उम्मेदवार कप्तानबहादुर शाही २२० मत ल्याएर पराजित भए ।

वडा सदस्यमा स्वतन्त्र उम्मेदवार गोल दमाई र कर्णजीत सार्की तथा महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले बाजी मारेका छन् । दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलालले जित हासिल गरिन् ।

दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई स्वतन्त्र उम्मेदवारका रुपमा उठाएका थिए । सो वडाको निर्वाचनमा तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए ।

मुलुकमा संघीयता आए पनि दलितको मुक्ति नभएको भन्दै दलित मुक्तिका लागि दलितकै नेतृत्व आवश्यक ठानी दलितहरुको समूहले स्वतन्त्र उम्मेदवारी दिएको थियो । उनीहरुले कुनै पनि दलको टिकन नलिई दलित समूहबाटै स्वतन्त्र उम्मेदवारलाई उठाएका थिए ।