२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरमा रेनुलाई पुनः अग्रता



अ+ अ-

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः अग्रता हासिल गरेकी छिन् ।

पछिल्लो परिणामअनुसार चार हजार ८७७ मत गणना हुँदा रेनुले एक हजार ७२७ र नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६४७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको खातामा ५७९ मत परेको छ ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले एक हजार ८९५ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले १३३३ मत पाएकी छन् ।

यसअघिको मतगणनामा मेयर पदमा दाहाल सुवेदीभन्दा ७० मतले पछि परेकी थिइन् ।