२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा



उदयपुर मुख्य निर्वाचन अधिकृतको कार्यालय
अ+ अ-

उदयपुर । निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या आएको कारण जनाउँदै उनले राजीनामा दिएको बताइएको छ ।

शनिबार काम गरिरहेको बेला बेहोस भएपछि निर्वाचनको बाँकी काम गर्न नसक्ने भन्दै खनालले निर्वाचन आयोगसमक्ष राजीनामा दिएका हुन् ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रेमी आधारभूत विद्यालय पुरानो गाईघाटमा रहेको मतदान केन्द्रमा विवाद भएपछि र कटारी नगरपालिका–१० मा मतदान सम्पन्न भएपछि भएको विवादमा प्रहरीको गोली लागि एक युवाको मृत्यु भएपछि खनाल तनावमा रहेको जनाइएको छ ।