२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता



अ+ अ-

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्रजार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गर्नुभएको छ । दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गर्नुभयो ।

वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी हुनुभएको छ उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गर्नुभयो । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गर्नुभयो । अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।