२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता



अ+ अ-

मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर प्रमुख पदमा अग्रता लिएको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगर सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणनास्थल आदर्श विद्यालयबाट आज जारी गरिएको सूचनामा वडा नं १, २, १६, १७, १८ र १९ नं को वडाको मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले दुई हजार ३७७, नेकपा (एमाले)का सागर थापाले एक हजार ७१०, राप्रपाका प्रल्हादप्रसाद साहले ४३२ र स्वतन्त्र उम्मेदवार ९लाल्टिन०का उमेश यादवले ७६३ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकी शिल्पा निरौला कार्कीले एक हजार ९२३, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले एक हजार २०८, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५२६, स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेल (लाल्टिन)ले ४७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै वडा नं १ को वडाध्यक्षमा कांग्रेस, वडा नं २ मा राप्रपा, वडा नं १६ मा कांग्रेस, वडा नं १७ मा समाजवादी पार्टी, नेपाल, वडा नं १८ मा स्वतन्त्र र वडा नं १९ मा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।




भर्खरै