२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केदारजङ्ग चोङ्वाङले दुई हजार ७७० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाप्रसाद चोङ्वाङ निर्वाचित हुनुभएको छ । उहाँ दुई हजार ५९८ मतसहित विजयी हुनुभएको हो ।

यसैगरी फक्ताङलुङ गाउँपालिका अध्यक्षमा भने गठबन्धनका साझा उम्मेदवार नेकपा९ माओवादी केन्द्र०का राजन लिम्बू निर्वाचित हुनुभएको छ । उहाँले दुई हजार ६६० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज एभेङले दुई हजार ३१२ मत प्राप्त गर्नुभएको छ । नव निर्माचित एभेङ अघिल्लो निर्वाचनमा निर्वाचित भई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो । यसैगरी उपाध्यक्षमा कांग्रेसका रबिन साम्रा लिम्बूले दुई हजार ३५८ मत प्राप्त गर्नुभएको छ ।




भर्खरै