२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा २५ वडाको नतिजा सार्वजनिक



अ+ अ-

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र)ले तीन वडामा विजय हासिल गरेको छ ।

भिमाद –१ मा कांग्रेसका आले विजयी
भिमाद नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका दीपक आले एक हजार ५९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार वडासदस्यमा भने एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

एमालेबाट महिला वडासदस्यले एक हजार ९६, दलित महिला वडासदस्यले एक हजार ७८, वडा सदस्यले एक हजार ७२ र एक हजार एक सय दुई मत प्राप्त गरी विजयी हुनुभएको शर्माले जानकारी दिनुभयो । कांग्रेसबाट महिला वडासदस्यले नौ सय ४०, दलित महिला सदस्यले नौ सय ३६, वडा सदस्यले आठ सय ८० र आठ सय ८० मत प्राप्त गर्नुभएको छ ।

म्याग्दे–२ मा कांग्रेसका क्षेत्री विजयी
म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्रीले आठ सय ८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गर्नुभयो । सदस्यमा कांग्रेसका रमेश क्षेत्री ८९४, एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा कांग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा कांग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

म्याग्दे–४ मा कांग्रेसको प्यानल विजयी
म्याग्दे गाउँपालिका–४ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा दीपककुमार श्रेष्ठ एक हजार ३८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।प्रतिस्पर्धी एमालेका ज्योतिकुमार श्रेष्ठले तीन सय ३२ मत प्राप्त गर्नुभयो । खुला सदस्यमा डोलबहादुर सुनारले आठ सय १२, बमबहादुर मस्राङ्गीले सात सय ९७, महिला सदस्यमा बद्रीका भट्टराईले नौ सय २५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले नौ सय आठ मत प्राप्त गर्नुभएको छ ।

ऋषिङ–२ मा कांग्रेसको प्यानल विजयी
तनहुँको ऋषिङ गाउँपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा चार सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका टेकबहादुर थापाले तीन सय ४९ मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा कांग्रेसका पानकुमारी खाँणले चार सय ६७, दलित महिला वडासदस्यमा जमुना माया दमैले चार सय ४९, सदस्यमा देविनबहादुर शाहीले चार सय ४८ र पहलसिं सारुले चार सय ५५ मत प्राप्त गर्नुभएको छ ।

ऋषिङ–३ मा कांग्रेसको प्यानल विजयी
ऋषिङ गाउँपालिका–३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर थापा आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको हो ।प्रतिस्पर्धी एमालेका बेलबहादुर आलेले दुई सय ३६ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा कमला थापाले आठ सय आठ, दलित सदस्य कविता घलेले आठ सय आठ, खुल्ला सदस्यले केशबहादुर आलेले आठ सय दश र मीनबहादुर थापा मगरले सात सय ७२ मत प्राप्त गर्नुभएको छ ।

घिरिङ–१ मा कांग्रेसको प्यानल विजयी
घिरिङ गाउँपालिका–१ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रविचन्द्र घोरासैनी एक हजार एक सय २८ मत प्राप्त गरी विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले नौ सय १२ मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा कांग्रेसका मीना आलेले एक हजार एक सय नौ, दलित महिला सदस्यमा लक्ष्मी सुनारले एक हजार ९०, खुला सदस्यमा जगतबहादुर कुमालले एक हजार २६ र माधव चन्दले एक हजार ६२ मत प्राप्त गर्नुभएको छ ।

शुक्लागण्डकी–१ मा कांग्रेसको प्यानल विजयी
शुक्लागण्डकी नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका रविचन्द्र पौडेलले एक हजार एक सय १३ मत प्राप्त विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका रघुनाथ पौडेलले आठ सय ४२ मत प्राप्त गर्नुभयो ।

खुला वडासदस्यमा कांग्रेसका मोहम्मद जब्बर मियाँ एक हजार ५९, कृष्णबहादुर गुरुङ एक हजार ७९, दलित महिला सदस्यमा विष्णुमाया विश्वकर्मा एक हजार एक सय दश र खुला महिला सदस्यमा लक्ष्मीदेवी भण्डारी एक हजार एक सय तीन मत प्राप्त गरी विजयी हुनुभएको छ ।

शुक्लागण्डकी–२ मा वडाध्यक्षमा कांग्रेस विजयी
शुक्लागण्डकी नगरपालिका–२ को वडाध्यक्षमा कांग्रेसका सुमनबहादुर रानाले नौ सय २५ मत विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका तीर्थराज खनालले आठ सय ६६ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा भने सबै एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।

शुक्लागण्डकी–३ मा कांग्रेसको प्यानल विजयी
शुक्लागण्डकी नगरपालिका–३ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सचिन भुजेल आठ सय पाँच मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी एमालेका राजन रिमालले चार सय ८० मत प्राप्त गर्नुभयो ।

खुला वडासदस्य विजय श्रेष्ठले छ सय २९, केशरबहादुर थापामगरले सात सय पाँच, महिला वडा सदस्य उमादेवी सुवेदीले सात सय १२ र दलित महिला वडासदस्यमा लक्ष्मी सुनारले सात सय सात मत प्राप्त गर्नुभयो ।

शुक्लागण्डकी–४ मा कांग्रेसको प्यानल विजयी
शुक्लागण्डकी नगरपालिका–४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । शुक्लागण्डकी नगरपालिकाको राजधानी मानिने दुलेगौडामा एमालेको उम्मेदवारलाई पराजित गर्दै कांग्रेसले आफ्नो विरासत कायम राखेको छ ।

कांग्रेसका राजकुमार वाग्लेले सात सय ७८ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विष्णुबहादुर रानाले छ सय ४८ मत प्राप्त गर्नुभयो ।

खुला वडा सदस्यतर्फ मदन श्रेष्ठ सात सय ८२ र महिप ज्वारचनले सात सय ७९ मत प्राप्त गरी विजयी हुनुभयो । महिला सदस्यमा मीठुमाया थापा मगर सात सय ९९, दलित महिला सदस्य मिना रोका सुनारले सात सय ८७ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

देवघाट–२ मा कांग्रेसको प्यानल विजयी
देवघाट गाउँपालिका–२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मीनबहादुर राना आठ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी एमालेका हीराबहादुर थापा मगरले छ सय ७५ मत प्राप्त गर्नुभयो ।

महिला सदस्यमा हुममाया खाँणले आठ सय २०, दलित महिला सदस्यमा बालकुमारी परियारले सात सय छ, खुल्ला सदस्यमा पोलबहादुर आलेले सात सय ८६ र यामबहादुर मगरले आठ सय १८ मत प्राप्त गर्नुभएको छ ।

एमालेले जितेका वडा
म्याग्दे–१ मा एमालेका वाग्ले विजयी
म्याग्दे –१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्लेले छ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विनोद खनालले पाँच सय ३६ मत प्राप्त गर्नुभयो । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले दुई सय ८१ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा कांग्रेसका मीनबहादुर थापा छ सय ३८, नेकपा एमालेका मीनबहादुर गुरुङ छ सय आठ, महिला सदस्यमा नेकपा एमालेका राममाया खडुल मगर सात सय १४ र दलित महिला सदस्यमा एमालेका केशरी सुनार छ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

म्याग्दे–३ को वडाध्यक्षमा एमाले विजयी
म्याग्दे–३ को वडाध्यक्षमा एमालेका टुकराज अधिकारीले ६ सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका बलराम भट्टराईले पाँच सय ८७ मत प्राप्त गर्नुभएको छ । यस्तै माओवादीका लेखराज लामिछानेले ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा एक हजार तीन सय ३० मत खसेको थियो ।

यसैगरी खुल्ला सदस्यमा कांग्रेसका बालचन्द्र घिमिरेले पाँच सय ८८, एमालेका प्रकाश घिमिरेले पाँच सय ७८, महिला सदस्यमा कांग्रेसका जानकी थापा पाँच सय ६३ र दलित महिला सदस्यमा एमालेका सुनिता नेपाली सात सय दश मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–१ को वडाध्यक्षमा एमाले विजयी
बन्दीपुर गाउँपालिका–१ को वडाध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठले नौ सय नौ मत प्राप्त गरी विजयी हुनुभएको छ । एमालेले अध्यक्ष र दुई वडा सदस्य समेत जितेको छ ।

प्रतिस्पर्धी माओवादीका भानुभक्त पोख्रेलले छ सय ८१ मत प्राप्त गर्नुभयो । कांग्रेसका इमनाथ खनालले छ सय ७६ मत प्राप्त गर्नुभयो ।

महिला वडा सदस्यमा एमालेका रोशन बराकोटी सात सय ९४, खुल्ला सदस्यमा एमालेकै डिलबहादुर रानाले सात सय २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । दलित महिला सदस्यमा नमाओवादीका कोशिला परियार विकले सात सय ५४ र खुल्ला सदस्यमा माओवादीकै प्रेमबहादुर शाहीले सात सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

बन्दीपुर–४ मा एमालेको प्यानल विजयी
बन्दिपुर–४ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दानबहादुर थापा सात सय ४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका सीता थापाले चार सय ६४ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा एमालेका रवि श्रेष्ठ सात सय एक, भिम घले छ सय ४५, महिला सदस्यमा ममता राना छ सय ७७ र दलित महिला सदस्यमा भगवती सुनारले छ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

घिरिङ–२ मा एमालेको प्यानल विजयी
घिरिङ गाउँपालिका–२ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै सनम थापा एक हजार १२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले नौ सय ६३, खुला सदस्यमा आशबहादुर थापाले नौ सय ६० र धनबहादुर रानाले नौ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

देवघाट–१ मा एमालेको प्यानल विजयी
देवघाट –१ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मनिराज गुरुङ आठ सय ९८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुक्तिलाल थापा मगरले छ सय ३४ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले आठ सय ८१, सुन्दर भुजेलले आठ सय ६३, महिला सदस्यमा मनमाया गुरुङले आठ सय ८४ र दलित महिला सदस्यमा नानुमाया विकले आठ सय ९५ मत प्राप्त गरी विजयी हुनुभयो ।

देवघाट–४ मा एमालेको प्यानल विजयी
देवघाट –४ को वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका मित्रलाल गुरुङ चार सय १२ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका पदमबहादुर गुरुङले तीन सय ६७ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेका पुनमाया गुरुङले चार सय २२, दलित महिला सदस्यमा सपना सुनारले चार सय १६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले तीन सय ९३ र शुकबहादुर थापा मगरले चार सय २४ मत प्राप्त गर्नुभएको छ ।

भिमाद–३ मा एमालेको प्यानल विजयी
भिमाद नगरपालिका–३ मा एमालेको प्यानल विजयी भएको छ । एमालेले वडाध्यक्ष सहित सदस्य जितेको हो । पदमबहादुर सेन ठकुरी छ सय ३१ मत प्राप्त गरी विजय हुनुभएको छ । निकटतम प्रतिस्पर्धी कांग्रेसका धनबहादुर थापाले पाँच सय चार मत प्राप्त गर्नुभयो ।

महिला वडासदस्यमा एमालेका उमा कुमालले ५९३, दलित महिला सदस्यमा एमालेकै सुमित्रा विकले पाँच सय ९०, खुल्ला सदस्यमा नारायण आलेले पाँच सय ७७ र वसन्तसिंह ठकुरीले पाँच सय ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भिमाद–२ मा एमालेको प्यानल विजयी
जिल्लाको भिमाद –२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले एक हजार पाँच सय ६१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका भीमबहादुर थापाले छ सय ५६ मत प्राप्त गर्नुभयो ।

खुला सदस्यमा मेखबहादुर थापाले एक हजार तीन सय ४१, प्रेम रानाले एक हजार तीन सय ९८, दलित महिला सदस्य सुष्मा नेपालीले एक हजार चार सय ७१ र महिला सदस्य स्यानीमाया थापाले एक हजार चार सय ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भानु–२ मा एमालेका त्रिपाठी
भानु –२ को वडाध्यक्षमा तीन मत अन्तरले एमालेका केशवराज त्रिपाठी विजयी हुनुभएको छ । उहाँले ६२२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका नवीनराज दाहालले ६१९ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ छ सय ३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा बराबर भएपछि लक्की ड्रबाट उहाँ गोलाप्रथाबाट विजयी हुनुभएको हो ।

दलित महिला सदस्यमा कांग्रेसका चनमाया बसेल छ सय ३८, खुला सदस्यमा कांग्रेसकै तुलबहादुर गुरुङ छ सय २४ र विवेक श्रेष्ठ छ सय २९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

माओवादीले जितेका वडा
आँबु–१ मा माओवादीको प्यानल विजयी
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ को वडाध्यक्ष सहित सदस्यमा माओवादीको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा न माओवादी केन्द्रका प्रेमबहादुर गुरुङ आठ सय ५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका किसन थापाले चार सय १५ मत प्राप्त गर्नुभयो ।

सदस्यमा माओवादीकै हरिबहादुर गुरुङले सात सय ५२, कुमारबहादुर मगरले सात सय ४८, महिला सदस्यमा माओवादीकै बसुन्धरा गौलीले सात सय ५२ र दलित महिला सदस्यमा माओवादीकै सुशीला नेपालीले आठ सय आठ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

ऋषिङ–१ को अध्यक्षमा थापा
ऋषिङ गाउँपालिका–१ को वडाध्यक्षमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कुश थापा विजयी हुनुभएको छ । एमाले र माओवादीको गठबन्धनका तर्फबाट अध्यक्ष उम्मेदवार थापा पाँच मतान्तरले विजयी हुनुभएको हो ।

थापाले आठ सय ३१ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली खिमबहादुर थापाले आठ सय २६ मत प्राप्त गर्नुभयो । चार वडासदस्य भने कांग्रेसले जितेको छ । महिला सदस्यमा सविना रानाले आठ सय ४६, दलित महिला सदस्यमा आशा नेपालीले आठ सय ५८, खुला सदस्यमा धनबहादुर आलेले आठ सय ३३ र भीमबहादुर थापाले सात सय ८१ मत प्राप्त गर्नुभयो ।

आँबुखैरेनी–२ मा माओवादीको प्यानल विजयी
तनहुँको आँबुखैरेनी–२ मा माओवादीले प्यानलसहित जित हासिल पारेको छ । वडा नम्बर २ को अध्यक्षमा माओवादीका आशबहादुर गुरुङ विजयी हुनुभएको छ ।

उहाँले छ सय ६७ मत प्राप्त गर्नुभएको छ । २९ वर्षीय गुरुङ तनहुँमा हालसम्म सार्वजनिक मतपरिणाम अनुसार सबैभन्दा कान्छा वडाध्यक्ष बन्नुभएको छ । प्रतिस्पर्धी कांग्रेसका सरोज पन्तले चार सय ३५ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी सिंजाली मगरले सात सय तीन, दलित महिला सदस्यमा सम्झना सुनारले सात सय ११, खुला सदस्यमा कमलबहादुर मगरले छ सय ५८ र वासुदेव थापाले छ सय ५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

भानु–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी
भानु नगरपालिका–१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी हुनुभएको छ । पाँच सय २१ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो । प्रतिस्पर्धी कांग्रेसका रामबहादुर बानियाँले चार सय ६५ र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले दुई सय दश मत प्राप्त गर्नुभएको छ ।

वडासदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा सकिना खातुनले छ सय ७९, दलित महिला सदस्यमा शान्ता मौरातीले छ सय ३६, खुला सदस्यमा चन्द्रविवश गुरुङले छ सय ५३ र भीमसेन अधिकारीले पाँच सय ७५ मत प्राप्त गर्नुभएको छ ।