२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिपुरमा कांग्रेसको अग्रता



अ+ अ-

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गर्नुभएको छ । सोही पदमा नेकपा (एमाले)का केशरत्न बज्रचार्यले तीन हजार ७८२ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गर्नुभएको छ भने एमालेका बिन्दु महर्जनले चार हजार ९७१ मत प्राप्त गर्नुभएको छ । दश वडा रहेको उक्त नगरपालिका– ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारीले एक हजार ३८० मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेन्द्र बानियाँले एक हजार ५७ मत प्राप्त गर्नुभयो ।

वडा नं ५ मा कांग्रेसका राजेन्द्रकुमार महर्जनले एक हजार ३४० मतसहित विजयी हुनुभएको छ उहाँको निकटतम प्रतिस्पर्धी एमालेका सुशील महर्जनले ७३१ मत प्राप्त गर्नुभयो ।

वडा नं ६ मा कांग्रेसका खिरमान बस्नेतले एकहजार ३३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का सुशील डङ्गोलले ८७० मत प्राप्त गर्नुभएको थियो । वडा नं ७ मा कांग्रेसका दिवाकर शर्मा अधिकारीले ६८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका हरिबहादुर महर्जनले ३९२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो ।

अन्य वडाको मतगणना जारी छ । कूल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।




भर्खरै