२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी



अ+ अ-

तम्घास । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले छ हजार ४७२ मतसहित निर्वाचित हुनुभयो भने उहाँको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत ल्याउनुभयो । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । पालिकाकाको छ वटा वडामध्ये वडा नम्बर १, २ र ५ कांग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले जितेको छ ।

यसैगरी सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले छ हजार २६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पाँच हजार ६११ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै निरमाया पुन छ हजार २२४ मतसहित विजयी हुनुभयो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याउनुभयो । सत्यवतीका आठवटा वडामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।