२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी



अ+ अ-

खलङ्गा । जुम्लाको हिमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । जुम्लामा एक नगरपालिकासहित सात वटा गाउँपालिका गरी आठ वटा स्थानीय तहमध्ये अहिलेसम्म दुईवटा स्थानीय तहका अन्तिम मत परिमाण आएको छ । यहाँको सिंजा क्षेत्र पर्ने हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

जिल्लाको हिमा गाउँपालिकामा लक्ष्मण शाही विजयी भएका हुन् । शाहीले एक हजार ८७२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा९माओवादी केन्द्र०का अम्मराज शाहीले एक हजार ४२३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि कांग्रेसकी सुर्पना शाही विजयी हुनुभएको छ । उहाँले १ हजार ५१८ मत ल्याउनु भएको छ । उहाँकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याउनु भएको गाउँपालिकामा रहेको निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तह २०७४ को निर्वाचनमा हिमामा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्ष विजयी भएको थियो ।

कनकासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले विजयी गरेको छ । कांग्रेसका अध्यक्ष पदका उम्मेदवार दामोदरप्रसाद आचार्यले दुई हजार ८०६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका धनबहादुर रावतले दुई हजार ५६२ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा कांग्रेसकी प्रेमकली बुढाले दुई हजार ३८० मत ल्याएकी थिइन् भने उहाँका निकतम प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता खत्रीले एक हजार ९४५ मत प्राप्त गर्नुभएको छ । यहाँका तिला, तातोपानी र पातारासी गाउँपालिकामा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।




भर्खरै