२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङको सिदिङ्वामा एमाले अध्यक्षमा र गठबन्धन उपाध्यक्षमा विजयी



अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया(बन्दना) एक मतले विजयी हुनुभयो ।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गर्नुुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उहाँहरुको ७०३ मतको मत अन्तर रहेको छ ।

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी हुनुभएको छ । कडरियाले दुई हजार ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गर्नुभयो । कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उहाँ स्वतन्त्ररुपमा उम्मेदवार बन्नुभएको थियो ।




भर्खरै