२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेसको अग्रता



अ+ अ-

काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापितले अग्रता लिनुभएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा नापितले तीन हजार ७०३ मत पाउनुभएको हो ।

उहाँलाई पछ्याउँदै नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले तीन हजार ४८५ मत प्राप्त गर्नुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेका कृष्णलाल बजगाइँले तीन हजार १०६ मत पाउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का मधु (नीरज) केसीले दुई हजार ८५ मतका साथ प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठको अग्रता छ । उहाँले पाँच हजार ५३४ मत पाउनुभएको छ । राप्रपाकी विजयकुमारी वाइवाले दुई हजार ५४२ मत पाउनुभएको छ । एमालेकी लक्ष्मी केसीले दुई हजार ३४० मतका साथ पछ्याउनुभएको छ । नेकपा मोवादीकी चण्डिका दङ्गालले दुई हजार १३२ मत पाउनुभएको छ ।

कुल २२ हजार ५०० मतदाता रहेको नगरपालिकामा १७ हजार १५० मत खसेको नगर निर्वाचन अधिकृत सीता निरौलाले राससलाई जानकारी दिनुभयो । हालसम्म १४ हजार ४३३ मतगणना सम्पन्न भएको छ । दुई हजार ७१७ मत गन्न बाँकी रहेको उहाँले सुनाउनुभयो ।

४ मा काँग्रेस र ७ मा राप्रपा विजयी

नगरपालिकाको वडा नं. ४ मा कांग्रेसका वडा अध्यक्षसहित प्यानल विजयी भएको छ । कांग्रेसका सुनाबहादुर तामाङ नेतृत्वको समूह वडामा विजयी भएको हो । वडा नं. ७ मा राप्रपाका विष्णुप्रसाद श्रेष्ठ समूहसहित विजयी हुनुभएको छ । श्रेष्ठ विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि वडाअध्यक्ष विजयी हुनुभएको थियो । वडा नं १ एमाले, २ मा काँग्रेस, ३ मा माओवादी, ८ र ९ मा पनि कांग्रेस यसअघि नै निर्वाचित भइसकेका छन् ।

अहिलेसम्म नगरपालिकाको सात वटा वडाको मतगणना सकिएको छ । नौ वटा वडा रहेको नगरपालिकाको वडा नं ५ र ६ को अहिले मतगणना भइरहेको छ । आज बेलुकीसम्म अन्तिम परिणाम सार्वजनिक गर्ने निर्वाचन कार्यालयको तयारी छ । यसअघिको निर्वाचनमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो । सो निर्वाचनमा पाँच वटा वडा पनि एमालेले जितेको थियो ।




भर्खरै