२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोराही उपमहानगरमा एमालेको अग्रता



अ+ अ-

दाङ । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता कायम राखेको छ ।

पछिल्लो मतपरिणामअनुसार घोराहीमा नेकपा (एमाले) का उम्मेदवार नरुलाल चौधरीे तीन हजार १२४ मतले अगाडि हुनुहछ । चौधरीले १६ हजार ८९८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का हेमराज शर्माले १३ हजार ७७४ मत प्राप्त गर्नुभएको प्रदेश निर्वाचन कार्यालय घोराहीले जनाएको छ ।

उपप्रमुख पदमा पनि एमालेले अग्रतालाई फराकिलो बनाउँदै लगेको छ । एमालेबाट उपप्रमुखमा उम्मेदवार हुमा डिसीले १६ हजार ३७३ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट कांग्रेस उम्मेदवार भुपबहादुर डाँगीले १५ हजार ४६६ मत प्राप्त गर्नुभएको छ ।

यसअघि आठ वडाको मतगणना सम्पन्न भएको छ । वडा नं १, २, १४, १७ र १८ मा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार विजयी भएका छन भने वडा नं १३, १६, १९ मा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अहिले वडा नं ३, ४, ९, १०, ११, १२ र १५ को मतगणना भइरहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिकामा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेकामा ७६ हजार ५२९ अर्थात् ६७/७६ प्रतिशत मत खसेका थियो ।