२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरका चार गाउँपालिकामा गठबन्धन विजयी



अ+ अ-

उदयपुर । उदयपुरको पहाडी क्षेत्रस्थित चार गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारले विजयी हासिल गरेका छन् । लिम्चुङबुङ, रौतामाई, उदयपुर गढी र ताप्ली गाउँपालिकामा गठबन्धनको प्यानलै निर्वाचित भएका हुन् ।

लिम्चुङबुङ गाउँपालिकामा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले एक हजार ८१८ मत प्राप्त गरी नेकपा (एमाले)का राजकुमार राईललाई ४४८ मतान्तरले पराजित गर्नुभएको छ । यस्तै गठबन्धनका तर्फबाटै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्पलाल राईले एमालेको गीता कार्कीलाई एक हजार ६६० मत प्राप्त गरी विजयी हासिल गर्नुभएको हो ।

त्यस्तै रौतामाई गाउँपालिकामा गठबन्धनकै तर्फबाट माओवादीका वीरेन्द्र मगरले एमालेका भरतबहादुर थापालाई एक हजार ७२ मतको अन्तरले पराजित गर्नुभएको छ । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार भूपेन्द्रकुमार थापाले एमालेको कुमारी ठकुरीलाई ८६ मतको अन्तरले पराजित गरेको मुख्य निर्वाचन अधिकृतको कार्यलय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुर गढी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मानबहादुर केपीछाकी मगरले एमालेका गोपाल खत्रीलाई पराजित गर्नुभएको छ । विजयी मगरले चार हजार ९४२ मत तथा खत्रीले चार हजार ११४ मत प्राप्त प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली काग्रेसका जीतबहादुर खड्काले एमालेको शोभा मगरलाई ८६ मतको अन्तरले पराजित गर्नुभएको छ ।

ताप्ली गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादीका उम्मेदवार ढुङ्गराज विकले एमालेका बाबुराम राईलाई पराजित गर्नुभएको छ । विकले एक हजार ७८७ मत प्राप्त गरी ३८ मतान्तरले राईलाई पराजित गर्नुभएको हो । यस्तै उपाध्यक्षमा गठबन्धनकै कांग्रेसकी धनमाया मगरले एमालेको मानकुमारी थापालाई दुई हजार ५८६ मत प्राप्त गरी पराजित गर्नुभयो ।