२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समितिको बैठकमा गएन एमाले



अ+ अ-

काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बजेट अधिवेशनको पहिलो दिन संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखे पनि सो बैठकमा एमाले सहभागी भएन ।

अहिले पनि बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । गत भदौ २३ गतेदेखि एमालेले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ ।

एमालेले पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै आएको छ । सभामुखले नै निकास दिनुपर्ने सो पार्टीको माग छ ।

एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । सो कारवाहीसम्बन्धी सूचना टाँस्नुपर्ने एमालेको माग छ । आफ्ना सांसदलाई कारबाही गरेको सूचना नटाँसे सभामुखले राजीनामा दिनुपर्ने एमालेले शर्त राखेको छ । यी दुवै माग पूरा नभएकाले एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) को अस्तित्वलाई एमालेले अहिलेसम्म स्वीकार गरेको छैन । यद्यपि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको ९ महिना बितिसकेको छ र उसले स्थानीय तहको चुनावमा भाग लिइसकेको छ।