२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकुल बास्कोटाको गृहनगरमा गठबन्धन विजयी



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृहनगर मण्डनपुर नगरपालिकामा सत्ता गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का प्रमुख पदमा उम्मेदवार टोकबहादुर वाइबा नौ हजार ४०६ मतसहित निर्वाचित भएका हुन् ।

वाइबा यसअघिको निर्वाचनमा पनि सो नगरको प्रमुखमा निर्वाचित भएका थिए । उनी एकीकृत समाजवादीका काभ्रे जिल्लाका अध्यक्षसमेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरे ।

सो नगरको उपप्रमुख पदमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मत ल्याई निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सरिता ढकालले छ हजार ९२४ मत पाइन् ।